काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको नाम र तस्बिर प्रयोग गरी ह्वाट्सएपमार्फत ठगी गरिएको घटना सार्वजनिक भएको छ ।

नक्कली ह्वाट्सएप एकाउन्ट बनाएर आर्थिक सहयोग मागिएको भन्दै उनले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेकी छन् ।

उपमेयर डंगोलले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत स्क्रिनसट सार्वजनिक गर्दै उक्त ह्वाट्सएप खाता र प्रयोग गरिएको नम्बर आफ्नो नभएको स्पष्ट पारेकी छन् । स्क्यामरले आफूलाई अप्ठ्यारो परेको बहाना बनाउँदै ई–सेवाको क्यूआर कोड पठाएर पैसा माग्ने गरेको पाइएको छ

तपाईको प्रतिक्रिया