
तेह्रथुम । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ पाँच जनाको नाम सिफारिस गरेको छ। तेह्रथुममा एक मात्रै निर्वाचन क्षेत्र छ।
पार्टीले प्रत्यक्षतर्फ पाँच जना र समानुपातिकतर्फ एक जनाको नाम सिफारिस गरेको नेता बलिराज इङनामले जानकारी दिए। उनका अनुसार प्रत्यक्षतर्फ हरिबोल गजुरेल, रणध्वज लिम्बु कन्दङवा, दिलकुमारी लिम्बु, सृजना लामा फोम्बो र इन्द्रबहादुर इम्सङको नाम सिफारिस गरिएको छ। त्यस्तै, समानुपातिकतर्फ होमकुमार खापुङको नाम सिफारिस गरिएको हो।
विगतमा यहाँबाट केन्द्रीय सदस्य दुर्गाप्रसाद चापागाई चुनाव लड्दै आएका थिए। हाल उनी कोशी प्रदेशसभा सदस्य छन्।
Prakash







