काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेपाली कंग्रेसमा समानुपातिक उम्मेदवारमा नयाँलाई मौका दिएको छ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समानुपातिक उम्मेदवारको सूची टुंग्याएर निर्वाचन आयोगमा बुझाएको छ। केन्द्रीय कार्यसम्पाद समितिको आजको बैठकले ११० जना समानुपातिक उम्मेदवारको नाम टुंगो लगाएको हो।

कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतका अनुसार समानुपातिकमा यसपल्ट नयाँलाई प्राथमिकतामा राखिएको छ।

संविधान सभादेखि लिएर अहिलेसम्म समानुपातिक सूचीमा निर्वाचित भएकाहरूलाई अहिले समानुपातिक सूचीमा समावेश गरिएको छैन। अहिलेसम्म अवसर नपाएका पुराना नेता तथा कार्यकर्तालाई पनि समानुपातिकमा राखिएको महतले बताएका छन्।

‘समानुपातिक सूचीमा युवा छन् । पुराना, योगदान गरेका र अवसर नपाएका साथी छन् । पहिले समानुपातिकमा अवसर पाएकालाई सूचीमा राखेका छैनौँ,’ उनले भने।

प्रवक्ता महतले कांग्रेसको सूचीमा पदाधिकारी र केन्द्रीय सदस्य पनि परेको बताए । पदाधिकारीबाट सहमहामन्त्री भीष्म आङ्देम्बे परेका छन्। केन्द्रीय कार्यसमितिका पनि समानुपातिक सूचीमा परेका छन् । सामाजिक, बौद्धिक क्षेत्रको पनि प्रतिनिधित्व गराइएको छ। प्रवक्ता महतले समानुपातिक सूचीमा सबै जिल्लालाई समेट्ने कोसिस गरिएको जानकारी पनि गराए।

तपाईको प्रतिक्रिया