काठमाण्डौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान अनिवार्य भइसकेको बताएका छन् ।

‘४९औं राष्ट्रिय एकता र मेलमिलाप दिवस’का अवसरमा सामाजिक सञ्जालमा सार्वजनिक गरेको सन्देशमा थापाले पार्टीभित्रको एकता, आत्मविश्वास र राष्ट्रिय जिम्मेवारी निर्वाहका लागि कांग्रेस पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढेको बताएका हुन् ।

थापाले लेखेका छन् : ‘पुस मसान्तभित्र विशेष अधिवेशन गर्ने कुरा विधानतः बाध्यकारी मात्र होइन, पार्टीभित्रको एकता र आत्मविश्वासका लागि अनिवार्य बनेको छ ।’

४९ वर्षअघि विषम परिस्थितिमा बीपी कोइराला, गणेशमान सिंहलगायत नेताहरूले ‘राष्ट्रिय एकता र मेलमिलाप’ को आह्वान गर्दै नेपाल फर्किएको ऐतिहासिक दिन स्मरण गर्दै महामन्त्री थापाले परिवर्तनको यात्रामा एकअर्कालाई विरोध र निषेध नभइ राष्ट्र निर्माणको सामूहिक उत्तरदायित्व बोधका साथ अघि बढ्ने प्रेरणा आवश्यक रहेको उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया