काठमाडौँ। समानुपातिक उम्मेदवार छनोटमा नेता र राजनीतिक दलहरूले मनपरी गरेको विरोधमा महिला अधिकारकर्मीहरूले विरोध प्रदर्शन गरेका छन्।

संविधानप्रदत्त समानुपातिक समावेशी अधिकार कुण्ठित गर्ने गरी राजनीतिक दलहरूले चालेको कदमविरुद्ध महिला अधिकारका लागि दबाब अभियानले शुक्रबार र्‍याली निकालेको हो। शुक्रबार बिहान माइतीघरबाट बबरमहल हुँदै एभरेष्ट होटल अगाडिसम्म र्‍यालीपछि उनीहरुले कोणसभा गरेका थिए।

र्‍यालीमा सहभागीहरूले दण्डहीनता अन्त्य गर, महिलाको समानुपातिक समावेशी नेतृत्वको अधिकार सामाजिक रुपान्तरणको आधार लगायत प्ले-कार्ड बोकेर प्रदर्शन गरेका थिए।

तपाईको प्रतिक्रिया