
काठमाडौं । बसुन्धराबाट म्हेपीसम्मको समाखुसी करिडोर ढल निर्माण ठेक्कासँग जोडिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले प्रदीप परियार सहित सबै प्रतिवादीलाई सफाइ दिएको छ।
सार्वजनिक खरिद प्रक्रिया, प्राविधिक तथा आर्थिक प्रस्ताव मूल्यांकन र सम्झौता कार्यमा बदनियत, रकम हिनामिना वा व्यक्तिगत लाभ पुष्टि हुने ठोस प्रमाण नदेखिएको ठहर अदालतले गरेको हो।










