काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले कास्की-२ बाट हेमबहादुर थापा पराजु्लीलाई उम्मेदवार बनाएको छ। पार्टीका संयोजक पुष्पकमल दाहालले जनयुद्धकालदेखिका सक्रिय कार्यकर्ता हेमबहादुरलाई टिकट दिएका हुन्। विद्यार्थी उमेरदेखि नै राजनीतिमा सक्रिय उनी पोखराका स्थायीवासी हुन्।

१० वर्षे जनयुद्धमै होमिएर मुलुकमा राजनीतिक परिवर्तनका लागि संघर्ष गरेका उनले राजनीतिशास्त्रमा स्नात्तकोत्तर गरेका छन् भने कानूनमा स्नातक गरेका छन्। पूर्णकालीन राजनीतिमा सक्रिय उनले पोखरामा करिब अढाई दशकदेखि सामाजिक सेवा गर्दै आएका छन्। उनी हाल नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य छन्।

तपाईको प्रतिक्रिया