तेह्रथुम । छथर गाउँपालिकाका अध्यक्ष सन्तविर लिम्बूले सबै नागरिकलाई शिक्षाको पहुँचमा ल्याउने घोषणा गरेका छन् । उनले गाउँपालिका क्षेत्रमा रहेका अनाथ, असहाय, अपाङ्गता भएका र अति गरिबीकै कारण विद्यालयबाट बन्चित भएका समेतलाई विद्यालयको पहुँचबाट बाहिर हुने अवस्थाको अन्त्य गर्ने घोषणा गरेका हुन् ।

गणतन्त्र दिवसको अवसरमा सामाजिक सन्जालमार्फत् अध्यक्ष लिम्बूले यस्तो घोषणा गरेका हुन् । उनले गाउँपालिकाले आर्थिक सहयोग गरेर कोही पनि नागरिकले शिक्षाबाट बन्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्ने बताए ।

‘छथर गाउँपालिकामा रहेका अनाथ, असाहाय, अपांङ्गता भएका, अति गरिवीका कारण शिक्षा लिन बन्चित सबैलाई शिक्षाको पहुँचमा ल्याइनेछ,’ सोमबार गणतन्त्र दिवसको शुभकामना व्यक्त गर्दै अध्यक्ष लिम्बूले लेखेका छन् । गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रम ल्याउने तयारीमा रहेका बेला अध्यक्ष तिगेलाले आगामी वर्षको बजेटमार्फत् यस्तो प्रबन्ध गर्ने घोषणा गरेका हुन् ।

उनकाअनुसार छथर गाउँपालिकामा १८ जना अशक्त र असहाय छन् । उनीहरु आफ्नो अशक्तताकै कारण विद्यालयबाट बन्चित छन् । ‘जसले शारीरिक असक्तताकै कारण विद्यालय जान सक्ने अवस्था छैन । उनीहरुलाई घरबाटै पढ्ने व्यवस्था हुन्छ । जसले गरिबीका कारण विद्यालय जान पाउने अवस्था छैन, उनीहरुको लागि दिगो समाधानको उपाय खोजिन्छ,’ अध्यक्ष लिम्बूले भने ।

तपाईको प्रतिक्रिया