तेह्रथुम । जिल्ला अस्पताल तेह्रथुममा पहिलो पटक भाँचिएको हड्डीको जटिल सल्यक्रिया गरिएको छ । संखुवासभाको मादी नगरपालिका-१ का ३७ वर्षिया भिमप्रसाद ढकालको खुट्टाको गोलीगाँठाकोबीच भागको मंगलवार अप्रेसन गरी २ वटा स्टिल प्लेट राखिएको हो ।

गाँउमै हिड्ने क्रममा लडेर गोलीगाँठाको विच भाग भाँचिएपछि ढकाल शनिबार जिल्ला अस्पताल तेह्रथुममा भर्ना भएका थिए । जिल्लाबाट हाड जोर्नी सम्वन्धी जटिल सल्यक्रियाको लागि तराईका जिल्ला जानुपर्ने बाध्यात्मक अवस्था थियो । अस्पतालमा अर्थोपेडिक सर्जन हाडजोर्नी विशेषज्ञ एमविविएस डा. खड्ग लिम्वु आएसँगै यो सेवा सुरु भएको हो ।

जिल्लामा पहिलो पटक भाँचिएको हड्डीको जटिल शल्यक्रिया भएको जिल्ला अस्पताल तेह्रथुमका सुचना अधिकारी महेन्द्राकुमारी खड्काले बताइन् ।

डा. लिम्बू ७ वर्षयता हाडजोर्नी सम्बन्धी विशेषज्ञता हासिल गरी विगतमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, दमक अस्पताल, कोशी अस्पताल लगायत अस्पतालहरुमा सेवा गर्दै आएका थिए । अस्पतालमा अप्रेसन गर्नका लागि आवश्यक सवै सामाग्री नभएका कारण विराटनगरबाट सामाग्री झिकाएर अप्रेसन गर्नुपरेको लिम्बूले बताए ।

तपाईको प्रतिक्रिया