काठमाडौँ । काठमाडौं उपत्यका विकास प्राधिकरणको सञ्चालक समिति सदस्यमा अधिवक्ता कृष्णप्रसाद घिमिरे नियुक्त भएका छन् ।

सहरी विकास मन्त्रालयअन्तर्गत रहेको प्राधिकरणको रिक्त रहेको बोर्ड सदस्य पदमा मन्त्रीस्तरको निर्णयबाट घिमिरे नियुक्त भएका हुन् । मन्त्री सीता गुरुङले आइतबार अधिवक्ता घिमिरेलाई प्राधिकरणको सदस्य पदमा नियुक्त गरेकी हुन् ।

तेह्रथुममा स्थानीय विकास कोषको कार्यकारी सचिवकारुपमा लामो समय काम गरेका घिमिरेसँग सुशासन र सामाजिक शशक्तिकरण तथा पूर्वाधार विकासका क्षेत्रमा लामो अनुभव छ ।

काठमाडौँ उपत्यकाको पूर्वाधार विकासको क्षेत्रमा काम गर्ने गरी सरकार गठन गरेको प्राधिकरणको बोर्डमा काठमाडौँ र ललितपुर महानगरपालिका तथा भक्तपुर नगरपालिकाका मेयर, शहरी विकास तथा भवन निर्माण विभाग, पुरातत्व विभाग, सडक विभाग, नापी विभाग, पर्यटन विभाग, भूमिसुधार तथा व्यवस्था विभाग, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, नेपाल विद्युत प्राधिकरण, फोहोरमैला प्रबन्ध तथा स्रोत परिचालक केन्द्र, गुठी संस्थान र नेपाल दुरसन्चार कम्पनीका प्रमुखहरु पदेन सदस्य रहन्छन् ।

सरकारले घिमिरेलाई प्राधिकरणको विज्ञ सदस्यकारुपमा नियुक्त गरेको हो ।

तपाईको प्रतिक्रिया