काठमाडौं । बाढी, पहिरोलगायत मौसमजन्य विपदमा परी आजसम्म देशभर एक सय ५० जनाको मृत्यु भएको छ।
विपदमा परी काठमाडौं उपत्यकामा तीन, कोशीमा २५, मधेसमा ६, बागमतीमा २९, गण्डकीमा ४२, लुम्बिनीमा २७, कर्णालीमा ८ र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ।
विपदमा ४९ जना बेपत्ता तथा १७७ जना घाइते भएका छन् भने विपदमा फसेका एक सय आठ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ।
बाढीका कारण ३८४ घर डुबानमा परेका छन्। जेठ २८ यताका भएका घटनाबाट ४२१९ घरपरिवार विस्थापित भएका छन्।