दिपेश रोक्का। गायक प्रमोद खरेलको स्वरमा रहेको ‘किन रूनु हुन्न र मर्दले’ बोलको गित सार्वजनिक गरिएको छ । प्रेम र बिछोडको कुरालाई भिडियोमा देखाउन खोजिएको छ ।

सार्वजनिक गरिएको म्युजिक भिडियोमा  विक्रम बुढाथोकी र एलिना रायमाझीको अभिनय रहेको छ ।
राम शर्माको शब्द रहेको गितमा रोशन सिंहको संगित र  गायक प्रमोद खरेलको स्वर रहेको छ  ।  कथा र निर्देशन बिक्रम चौहानको रहेको छ ।

बुद्ध थापाको छायांकन रहेको भिडियोलाई लक्ष्मण चौहानले सम्पादन गरेका छन् । संचारकर्मीसमेत रहेका लक्ष्मण शर्माको भिडियोमा लगानी रहेको छ । ‘आरएल क्रियसन’ युट्युब च्यानलमा भिडियो सार्वजनिक भएको छ ।

तपाईको प्रतिक्रिया