काठमाडौँ । गोर्खा मिडियाका पूर्वउपाध्यक्ष र पूर्वडीआईजी छविलाल जोशीसँगको बयान प्रक्रिया सकिएको छ।
सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा जोशीसँग न्यायाधीश नितिज राईले थुनछेक बहस सम्पन्न गरेका हुन्।
हिजोदेखि सुरु भएको छविलाल जोशीको बयान मंगलबार सकिएपछि, अर्को प्रतिवादी लिला पछाईसँग थुनछेक बहस सुरु भएको छ।
यद्यपि, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आजसम्म बयान लिइएको छैन। पछाईको बयान सकिएपछि लामिछानेको पालो आउने जनाइएको छ।