चौथो संस्करणको मालिका देवी कप खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको विजेता धार्पा युवा क्लबले बाह्रबिसे नगरपालिकाका विद्यालयहरूमा शैक्षिक सामग्री वितरण गरेको छ।
क्लबले विजेता पुरस्कारबाट प्राप्त १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ बराबरको रकमले बाह्रबिसेका विभिन्न विद्यालयमा पुस ११ र १२ गते (बिहीबार र शुक्रबार) २५०० थान कापी, २५०० थान कलम र अन्य खेलकुद सामग्री वितरण गर्ने क्लबका सदस्य श्री गणेश लामाले जानकारी दिएका छन्।
मेलचौर युवा जागरण समाजद्वारा आयोजित प्रतियोगिता गत कात्तिक १० गते चौतारा साँगाचोकगढी नगरपालिका-७ मेलचौरस्थित दरबारडाँडा खेल मैदानमा सम्पन्न भएको थियो। सो फाइनल खेलमा सुनकोसी गाउँपालिका वडा नं ३ विरुद्ध ३–० गोलको सहज जित निकाल्दै धार्पा युवा क्लबले उपाधि जितेको थियो।