काठमाडौं। एचएचसीए र भ्याली पब्लिक ‘ए’ ले दोश्रो निब्स एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको शनिबार जितेका छन् । एचएचसीए ब्वाइज र भ्याली पब्लिक ‘ए’ गल्र्समा च्याम्पियन बने ।
म्ण्डिखाटारस्थित आयोजक नेसनल आइडियल बोर्डिङ स्कुल (निब्स) कोर्टमा भएको ब्वाइज फाइनलमा एचएचसीएले लालीगुराँस नेसनल एकेडेमीलाई २१–१४ ले पराजित ग¥यो । एचएचसीएका सुशान्त बमजनले १०, डेविड राईले ६ र दिशान्त राईले ५ स्कोर गरे । विजेता टोलीको प्रशिक्षकमा सागर श्रेष्ठ थिए ।
गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिक ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई १८–१५ ले हरायो । विजयी टिमका लागि एलिना गौचनले ७, लोरिशा गौचनले ५, अनिता गुरुङले ४ र दृष्ना नेपालले २ अंक जोडे । पूर्ण न्यौपानेले भ्याली पब्लिक ‘ए’ को प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।
दुवै समूहको विजेताले १० हजार र उपविजेताले ७ हजारका दरले नगद पुरस्का पाए । ब्वाइजमा एचएचसीएका सुशान्त बमजन तथा गल्र्समा भ्याली पब्लिक ‘ए’ की एलिना गौचन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
विजेतालाई बूढानीकलण्ठ नगरपालिकाका खेलकुद संयोजक एवं वडा ८ का अध्यक्ष सुमन तामाङ, बूढानीकलण्ठ नगरपालिका वडा ९ की अध्यक्ष सुमित्रा त्रिपाठी, नेसनल प्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शम्भु अधिकारी, निब्सका संस्थापक प्रिन्सिपल देवनारायण महतो, निब्स विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रेनु महतो, काठमाडौं प्याब्सनका सह–सचिव नारायण रोक्कालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगिताको ब्वाइजमा २४ तथा गल्र्समा १२ टिम सहभागी थिए ।
राराहिललाई उपाधि
राराहिलले केभीसी एसइइ कप थ्री बाइ थ्री छात्र बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।
स्युचाटारस्थित काठमाडौं भ्याली कलेज (केभीसी) द्वारा आयोजित प्रतियोगिताको फाइनलमा राराहिलले ग्रिनफिल्डलाई २०–१७ ले पराजित ग¥यो । राराहिलका मनोज ओलीले ११ अंक जोडे । मनोज नै ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
त्यसअघि सेमिफाइनलमा राराहिलले केभीसीलाई १९–१३ तथा ग्रिनफिल्डले विस्डमलाई १३–८ ले हराउदै फाइनलमा स्थान सुरक्षित गरेका थिए ।
विजेतालाई केभीसीका अध्यक्ष डा. स्वागत श्रेष्ठ र प्रिन्सिपल संगीता श्रेष्ठले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे । एकदिने प्रतियोगितामा १८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
प्राज्ना र अन्शुलाई स्वर्ण
काठमाडौं जिल्लाव्यापी वृहत खेलकुदअन्तर्गत टेबलटेनिसमा काठमाडौं महानगरपालिका १७ की प्राज्ना महर्जन र काठमाडौं महानगरपालिका ११ की अन्शु खनालले शनिबार स्वर्ण जितेका छन् । गल्र्स सिंगल्सको यु–१६ मा प्राज्ना र यु–१४ मा अन्शु पहिलो भएका हुन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको यु–१६ फाइनलमा प्राज्नाले कीर्तिपुर नगरपालिकाकी मिचुली महर्जनलाई तीन सेट समान ११–८ मा पराजित गरिन् । काठमाडौं महानगरपालिका ६ की विद्विसा मैनाली र तार्केश्वर नगरपालिकाकी श्रृष्टि बुढाथोकी संयुक्त रुपमा तेश्रो भए ।
काठमाडौं महानगरपालिका वडा २६ को आयोजनामा भइरहेको प्रतियोगिताको यु–१४ फाइनलमा अन्शुले तार्केश्वरकी स्मृति गुरुङलाई ११–६, ११–३ र ११–८ को सोझो सेटमा हराइन् । काठमाडौं महानगरपालिका ७ की परिधि बस्नेत र कीर्तिपुरकी डेजी महर्जन तेश्रो बने ।
यु–१२ ब्वाइज सिंगल्समा काठमाडौं महानगरपालिका ३० का कृतन श्रेष्ठले स्वर्ण जिते । कृतनले फाइनलमा काठमाडौं महानगरपालिका २१ का सविक डंगोललाई ११–७, ८–११, ११–४ र ११–४ को सेटमा पाखा लगाए । काठमाडौं महानगरपालिका २५ का रेयान्श श्रेष्ठ र काठमाडौं महानगरपालिका २६ का डानियल महर्जनले कांस्य हात पारे । सो स्पर्धाको गल्र्समा काठमाडौं महानगरपालिका १६ की यमिला श्रेष्ठले काठमाडौं महानगरपालिका २६ की तारा तामाङलाई सीधा सेटमा ११–५, ११–३ र ११–३ ले हराउदै स्वर्ण जितिन् । काठमाडौं महानगरपालिका २६ का सदिक्षा तामाङ र नेरिशा तामाङले कांस्य जिते ।
आइतबारसम्म चल्ने टेबलटेनिसमा ८ स्पर्धामा १ सय खेलाडी सहभागी छन् । कुल पुरस्कार राशी १ लाख ६० हजार रुपैयाँ रहेको छ । टेबलटेनिससहित फुटसल, तेक्वान्दो, कराते र क्योकुसिन कराते गरी ५ खेल समावेश बृहत खेलकुदको औपचारिक उद्घाटन भने आइतबार लैनचौर मैदानमा हुनेछ ।
वृहत खेलकुदको कुल पुरस्कार राशी ११ लाख ९० हजार रुपैयाँ रहेको आयोजक वडा २६ का अधयक्ष ख्यामराज तिवारीले जनाएका छन् ।