विराटनगर । झापाकाे दमकमा जेनजीको प्रदर्शनमा प्रहरीले हवाई फायर गरेको छ ।
प्रदर्शनको क्रममा दमक नगरपालिका अगाडि आगजनी प्रयास भएपछि प्रहरीले हवाई फायर गरेकाे हाे ।
झापाका प्रहरी उपरीक्षक राजन लिम्बुका अनुसार प्रदर्शन उग्र बनेपछि प्रहरीले हवाई फायर गरेको हाे ।
प्रदर्शनकारीले ढुंगामुढा पनि गरेकाे उनले बताए ।
ढुंगामुढाका कारण प्रहरीसहित केही प्रदर्शनकारी पनि घाइते भएकाे उनले बताए ।