काठमाडौँ। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा देशका प्रमुख निकायहरू, राजनीतिक दलका नेता, संघ संस्थाका भवनहरूमा ठूलो क्षति भयो ।
भवनहरुमात्रै होइन धेरै सवारी साधनमा पनि क्षति भयो । सिंहदरबार र त्यस आसपासका क्षेत्रमा मात्रै सरकारी निकायका ४४१ वटा साना गाडी तथा बसमा पूर्ण क्षति पुगेको छ । यस्तै ६०१ वटा मोटरसाइकल र स्कुटरमा क्षति पुगेको छ । कतिपय निकायमा त अनुमान गर्नै नसकिने क्षति पनि पुगेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय साना गाडी बस ४७ मोटरसाइकल स्कुटर ७४ जलेका छन् । अर्थ मन्त्रालय गाडी ३६ मोटरसाइकल स्कुटर ५३, सर्वोच्च अदालत गाडी ५१ मोटरसाइकल गन्न नसकिने अवस्था छ ।
यस्तै सहरी विकास तथा भवन निर्माण विभाग ५० गाडी २०० अनुमानित मोटरसाइकल, सडक विभाग बस ६५ मोटरसाइकल गन्न नसकिने अवस्था रहेको छ ।
अन्य कार्यालयमा कहाँ कति क्षति भयो ? हेर्नुहोस् :