काठमाडौं  । प्रधानमन्त्री सुशीला कार्कीले अब मन्त्री बनाउँदा दलित, महिला र जनजातिलाई समेट्ने बताएकी छन्। उनले सरकारमा मन्त्रीहरूको संख्या ११ जनाभन्दा बढी नहुने समेत जानकारी दिइन्। कार्कीले मन्त्रीहरु पनि कुनै राजनीतिक पार्टी र त्यससम्बद्धलाई नराख्ने समेत बताएकी छन् ।

मंगलबार कार्कीले बीबीसी नेपाली सेवालाई दिएको विशेष अन्तर्वार्तामा यस्तो भनाइ राखेकी हुन्। कार्कीले तीन जना मन्त्री बनिसकेकोले अब थपिने मन्त्रीहरुमा समावेशिता झल्किने गरी व्यक्तिको खोजी हुने पनि बताइन्। राजनीतिक आबद्धता भएका व्यक्ति मन्त्रिपरिषद्मा राख्दा चुनावको काममा फोकस नहुने भएकाले चुनाव नलड्ने व्यक्तिलाई मन्त्री बनाइने उनले स्पष्ट पारिन्।

उनले भ्रष्टाचार छानबिनका लागि छुट्टै आयोग बनाउने पनि बताएकी छन्। आन्दोलनको ‘म्याण्डेट’ नै भएकाले यस्तो आयोग आवश्यक पर्ने उनको भनाई छ।

तपाईको प्रतिक्रिया