
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो पटक मन्त्रिपरिषद विस्तार गरेकी छिन्। प्रधामन्त्री कार्कीको सिफारिसमा सोमबार मन्त्री नियुक्त भएका छन्। यसअघि तीन मन्त्री नियुक्त भएका थिए।
प्रधानमन्त्रीको सिफारिसमा जगदीश खरेल, अनील कुमार सिन्हा, मदन परियार र महावीर पुन मन्त्री नियुक्त भएका छन्।
उनीहरूले शितलनिवासमा आयोजित एक समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ लिएका छन्।
मन्त्रिपरिषदमा पत्रकार जगदीश खरेलले सञ्चार तथा सूचना प्रविधि मन्त्रलयको जिम्मेवारी पाएका छन् भने पूर्वन्यायाधीश सिन्हाले तीन वटा मन्त्रालयको जिम्मेवारी पाएका छन्। उनलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय र कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ।
डा. परियारलाई कृषि विकास तथा पशुपंछी मन्त्रालयको जिम्मेवारी दिएको छ। यस्तै, वैज्ञानिक पुनलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ। उनी राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक हुन् ।
सरकारमा यसअघि नै रामेश्वर खनाललाई अर्थ, ओमप्रकाश अर्याललाई गृह र कुलमान घिसिङलाई ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको थियो।








