
काठमाडौँ। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ‘श्रम संस्कृति पार्टी’ नामको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।
पार्टी अध्यक्ष आफैँ रहने गरी साम्पाङले दल दर्ताको निवेदन दिएका हुन् । उनको निवेदन आयोगमा अध्ययनकै क्रममा राखिएको छ । दसैँ बिदापछि दर्ता प्रक्रिया अघि बढाइने भएको छ ।
सबै कानुनी प्रक्रिया पुरा गरी गत साता नै निवेदन दर्ता भएको हो । साम्पाङ जेनजी आन्दोलनपछि देशकै नेतृत्व लिन भन्दै काठमाडौं आए पनि सहमति जुट्न नसकेपछि यत्तिकै फर्केका थिए ।







