धनकुटा । नेपाल प्रेस युनियनका धनकुटाका तत्कालीन कोषाध्यक्ष स्व. पूर्णकुमार चौधरीका छोरा आदित्य विक्रम चौधरीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

कांग्रेस महासमिति सदस्य उदयबहादुर लिम्बूको सक्रियतामा विद्यार्थी परियोजनाद्वारा उपलब्ध छात्रवृत्ति रकम १० हजार रुपैयाँ प्रदान गरिएको हो ।

नेपाल पत्रकार महासंघ धनकुटाको सञ्चार हलमा शुक्रबार एक कार्यक्रमबीच रकम प्रदान गरिएको थियो । आदित्यविक्रम धनकुटा नगरपालिका-६ स्थित बालसंसार बोर्डिङ स्कुलमा कक्षा ७ मा अध्ययनरत छन् ।

कांग्रेस महासमिति सदस्य एवं नेपाल लोकतान्त्रिक अपांग महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष उदयबहादुर लिम्बू, कांग्रेस धनकुटा सचिव तथा प्रेस युनियनका निवर्तमान केन्द्रीय उपाध्यक्ष विजय सन्तोषी राई, लोकतान्त्रिक अपांग महासंघ धनकुटाका अध्यक्ष प्रेम तुम्बाहाङले रकम हस्तान्तरण गरेका थिए ।

सो अवसरमा पत्रकार महासंघ धनकुटामा अध्यक्ष विदुर खवास, अकोराबका केन्द्रीय उपाध्यक्ष गोपाल बराइली, प्रेस युनियन धनकुटाका अध्यक्ष विनोद घिमिरे, उपाध्यक्ष तथा पत्रकार महासंघ धनकुटाका सचिव हरिबहादुर लम्जेल, प्रेस चौतारी धनकुटाका सचिव सन्तोष सुवेदीलगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया