काठमाडौँ। बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतसहितले स्थापना गरेको गतिशील लोकतान्त्रिक पार्टीमा बस्नेत आफैँ भने पदाधिकारी समेत रहेका छैनन्।

उनीसमेत आवद्ध रहेको दलको अध्यक्षमा दिनेशराज प्रसाई छन्। उपाध्यक्ष छैनन्। तर महासचिव भने ५ जना छन्। विधागतरुपमा महासचिव तोकिएको छ।

जसमध्ये राजनीतितर्फ महासचिवमा धनबहादुर तामाङ, संगठनतर्फ महासचिव पियूष कायस्थ, सुशासनतर्फ महासचिवमा गौरव परियार, उद्यमशीलतातर्फ महासचिवमा अनमिका चौधरी र समतातर्फ महासचिवमा शान्ति गुरुङ छन्।

उक्त दलको कोषाध्यक्षमा अजित थापामगर छन्।

तपाईको प्रतिक्रिया