काठमाडौँ ।  काठमाडौँको भृकुटीमण्डपमा १० दलका कम्युनिष्ट घटकहरूबीच एकता हुँदैछ। नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (एस)सहित अन्य आठ कम्युनिस्ट पार्टीहरूबीच एकता हुन लागेको हो।

माओवादी निवर्तमान अध्यक्ष (हाल संयोजक) पुष्पकमल दाहाल संयोजक र एसका अध्यक्ष माधवकुमार नेपाल सहसंयोजक हुने गरी पार्टी एकता गर्न लागेका हुन्।

यसअघि माओवादीसहितको एकतामा गम्भीर असहति जनाएका नेकपा एसका सम्मानीत नेता झलनाथ खनाल पनि एकतामा मिसिन पुगेका छन्। उनले मंगलबार राति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरे पनि सकारात्मक छलफल हुन सकेको थिएन।

ओलीसँगको संवाद सकारात्मक नभएपछि खनाल माओवादी केन्द्रसहित नौ दल मिलेर बन्ने नेपाली कम्युनिस्ट पार्टीमा मिसिन पुगेका हुन्।

तपाईको प्रतिक्रिया