
काठमाडौँ। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ।
कांग्रेसले आजै दिउँसो १ बजेका लागि कार्यसमितिको आकस्मिक बैठक बोलाएको हो।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सात वटै प्रदेश कार्यसमितिका सभापतिहरूलाई उपस्थितिका आमन्त्रण गरिएको छ।
बैठकले पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनको शोकमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ। आलमको आज बिहान साढे २ बजे निधन भएको थियो।







