
काठमाडौँ। जेन-जी आन्दोलनसँगै दलित समुदायको मुद्दालाई नयाँ ढंगले वकालत गर्ने गरी दलित जेन-जी एलायन्स गठन भएको छ।
जीवन तिरुवा एलायन्सको संयोजक चयन भएका छन् भने एलायन्सले प्रधानमन्त्रीसहित सरकारका निकायहरूमा दलित समुदायका मागहरू सम्बोधनका लागि ध्यानाकर्षण गराइरहेको छ।
एलायन्सको सातै प्रदेशमा संगठन विस्तार अभियान चलेको छ। पहिलो चरणमा सातै प्रदेशमा संयोजकहरू तोकिएका छन्।
एलायन्सको कोशी प्रदेश संयोजकमा दिपेश परियार, मधेश प्रदेश संयोजकमा सुब्बासाहेब पासवान, बागमती प्रदेश संयोजकमा साम्राज्य विश्वकर्मा, गण्डकी प्रदेश संयोजकमा शिशिर गोतामे र लुम्बिनी प्रदेश संयोजकमा डीबी परियार चयन भएका छन्।
त्यस्तै, कर्णाली प्रदेश संयोजकमा अनिता नेपाली, सुदूरपश्चिम प्रदेश संयोजकमा सुशान्त विक र काठमाडौँ उपत्यका संयोजकमा दिपक परियार चयन भएका छन्।

एलायन्सले जेन-जी आन्दोलनका उपलब्धिको रक्षा गर्दै नयाँ परिवेशमा दलित समुदायको हक अधिकार र सशक्तिकरणको सवालमा जेन-जी उमेर समूहका युवाहरूको सहभागिता र सक्रियतामा जोड दिएर काम गर्ने एलायन्सका संयोजक तिरुवाले बताए।
एलायन्सले ललितपुरको ग्वार्कोमा कार्यालय स्थापना गरेको छ।
एलायन्स घोषणा कार्यक्रममा दलित नागरिक समाजका अध्यक्ष मोतिलाल नेपाली, पूर्वसचिव डा.मानबहादुर विक, डा.मित्र परियार, अधिवक्ता त्रिलोकचन्द विक लगायत पनि सहभागी थिए।








