काठमाडाै । जापानको औद्योगिक उत्पादन अक्टोबर महिनामा अघिल्लो महिनाभन्दा १.४ प्रतिशत वृद्धि भएको छ। उक्त वृद्धि मुख्यतः सवारीसाधन उत्पादनमा आएको ठूलो वृद्धिका कारण भएको सरकारी तथ्याङ्कले शुक्रबार जनाएको छ।

अर्थ, व्यापार तथा उद्योग मन्त्रालयका अनुसार सेप्टेम्बरमा औद्योगिक उत्पादन २.६ प्रतिशत बढेको थियो, जसलाई पछिल्लो संशोधनपछि अझ बढाइएको हो। अक्टोबरमा मोटर सवारी क्षेत्र मात्र ६.६ प्रतिशत बढ्दा समग्र उत्पादन वृद्धि भएको बताइएको छ।

सम्बन्धित १५ मध्ये ९ उद्योगले वृद्धि देखाएका छन्, जसमा विद्युतीय मेसिन तथा सूचना–सञ्चार उपकरण क्षेत्र पनि समावेश छन्। पाँच उद्योग विद्युतीय पुर्जा तथा उपकरण क्षेत्र, घटेको मन्त्रालयले स्पष्ट पारेको छ।

अमेरिकाका परिवर्तनशील भन्सार नीतिहरू तथा देशभित्रै महँगी बढेकाले मागमा आएको कमजोरीजस्ता कारणले आगामी दिनमा उत्पादनको अवस्थाबारे उद्योगिहरू अझै चिन्तित रहेको मन्त्रालयका एक अधिकारीले बताएका छन्।

मन्त्रालयले औद्योगिक उत्पादनबारे आफ्नो मूल्यांकन यस महिनामा पनि परिवर्तन नगरी ‘अनिश्चित रूपमा उतार–चढाव भइरहेको’ उल्लेख गरेको छ।

 

तपाईको प्रतिक्रिया