ललितपुर । ललितपुर महानगर वडा नं.३ मा विक्री हुने तरकारीमा विषादी प्रयोग भए नभएको परीक्षण हुने भएको छ ।
विषादीको प्रयोग भए नभएको परीक्षण गर्न वडाले विषादी परीक्षण केन्द्र संचालन गरेको छ । उक्त केन्द्रको ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले शनिवार उद्घाटन गरे ।

महानगर प्रमुख चिरीबाबु महर्जनले वडा नं ३ ले वडावासीको स्वास्थ्यप्रति संवेदनशील भएर विषादी परीक्षण केन्द्र संचालन गरेकोमा वडा कार्यालयलाई धन्यवाद दिए ।

वडा नं.३ का वडा अध्यक्ष श्री गोपाल महर्जनले विषादीको प्रयोग भएको तरकारी लगायत अन्य खानेकुराको प्रयोगले मानिसमा प्राणघातक रोगको जोखिम बढेको बताए । उनले भने, ‘वडावासीको स्वास्थ्यप्रति जिम्मेवारी बोध भएर यो केन्द्र संचालनमा ल्याएका हौँ । ’ वडाले तरकारीको स्याम्पल कलेक्सन गरेर परीक्षण गर्ने बताए ।

उनले परीक्षण गर्दा विषादी प्रयोग भएको पुष्टि भए कारबाहीको प्रक्रिया अघि बढाउने बताए । तत्कालको लागि यो परीक्षण वडा नंं ३ भित्र मात्रै गरिनेछ । उनले भने, ‘ परीक्षणको लागि धेरै ठाउँबाट माग आएको छ, तर अहिले हाम्रो प्राथमिकता वडा नं. ३ मात्रै हो , क्षमता विस्तार गरेर मात्रै अन्य ठाउँकोलाई यो सुविधा दिन्छाँै ।

’ वडा नं. ३ ले विषादी रहित तरकारी विक्रीको लागि छुट्टै बजार संचालन गर्ने तयारी समेत गरेको छ । वडा अध्यक्ष श्री गोपाल महर्जनले नागरिकको स्वास्थ्यलाई सधै प्राथमिकतामा राखेको बताउँदै चेतना स्तर बढाउन समेत वडाले सिर्जनशील काम गरेको बताए ।

ललितपर महानगर प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरले जस्तै महानगरको वडा नं. ३ ले पनि देशभरका स्थानीय तहका अन्य वडाहरुले भन्दा पृथक काम गरेको दाबी गरे ।

उनले भने, ‘ स्मार्ट सडक बत्ती हामीले पहिला जडान ग¥यौँ , हाइमास्ट बत्ती हामीले जडान ग¥यौँ, साइकल लेन पहिला हामीले बनायौँ , म्यानमेड ग्रिनरी युक्त सहर हामीले पहिला बनायौँ भने जस्तै विषादी परीक्षण गर्ने केन्द्र संचालन गर्ने काममा हाम्रो पालिकाको वडा नं.३ पहिला भयो ।

 

 

’ राष्ट्रिय परीक्षा वोर्डका अध्यक्ष महाश्रम शर्माले महानगरजस्तै वडा नं.३ पनि उत्कृष्ट र पृथक काम गर्न अब्बल रहेको बताए । विषादी परीक्षण केन्द्र स्थापनाले नागरिकको स्वास्थ्य प्रति वडा संवेदनशील भएको पुष्टि गरेको बताए ।

यसैगरी कार्यक्रममा २०८१ सालको एसइइ परीक्षा र कक्षा १२को परीक्षामा उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन भत्ता समेत वितरण गरिएको थियो । ती विद्यार्थीलाई महानगर प्रमुख चिरीबाबु महर्जन , वडा अध्यक्ष श्री गोपाल महर्जन र परीक्षा वोर्डका अध्यक्ष महाश्रम शर्माले प्रमाण पत्र, खादा र प्रोत्साहन भत्ता प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया