
काठमाडौँ । विवेकशील साझाका नेता मिलन पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रक्रियाबाट अलग भएका छन्। पाण्डेले सामाजिक सञ्जालमार्फत दुई पार्टीबीचको एकता प्रक्रियामा सामेल नभएको बताएका छन्।
‘विवेकशील साझा र रास्वपाको एकीकरणमा जुट्नुभएको सबै साथीहरूलाई शुभकामना छ । म यो एकीकरणमा सामेल छैन,’ उनले लेखेका छन्। पाण्डेले अब केही समय आफू मौन रहने र नयाँ तरिकाले राजनीतिक यात्रा सुरु गर्ने जानकारी पनि गराएका छन्।
‘अब केही समय (केही दिन वा केही महिना) ‘कुलिङ पिरियड’ लिन्छु। त्यसपछि नयाँ तरिकाले राजनीतिक यात्रा सुरु गर्नेछु। आजदेखि म पनि ‘स्वतन्त्र’ भएँ। विवेकशील पनि ‘स्वतन्त्र’भयो,’उनले सामाजिक सञ्जालमा लेखेका छन्। आजै रास्वपा र विवेकशील साझा पार्टीबीच एकीकरण हुँदैछ। राष्ट्रिय सभागृहमा दिउँसो २ बजेका लागि एकता घोषणासभा आयोजना गरिएको छ।







