काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतले आदेश दिएको छ ।

गैरसंवैधानिक रूपमा यादवको नियुक्ति गरिएको भन्दै ७३ जना सांसदले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो निर्देश आदेश गरेको हो ।

सर्वोच्चको आदेशअनुसार मुख्यमन्त्री यादवले अब तात्कालिक रूपमा प्रदेशसभा बैठकमा विश्वासको मत लिने प्रस्ताव पेश गर्नुपर्नेछ । विश्वासको मत प्राप्त भएमा उनी पदमै कायम रहनेछन् भने, मत नपाए प्रदेशमा नयाँ राजनीतिक विकल्पको प्रक्रिया अघि बढाउने स्थिति आउनेछ ।

यसबाहेक अदालतले प्रदेश प्रमुखलाई संविधानको धारा १६८(२) अनुसार संयुक्त सरकार गठनको प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । यदि वर्तमान मुख्यमन्त्रीले विश्वासको मत प्राप्त नगरे प्रदेशमा नयाँ सत्ता समीकरण निर्माण हुने मार्ग खुल्नेछ ।

तपाईको प्रतिक्रिया