
काठमाडौँ। प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार गठनमाथि बैधताको प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिटमा राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट सर्वोच्च अदालतमा लिखित जवाफ पेस भएको छ।
राष्ट्रपति कार्यालयका तर्फबाट सचिव डा.दिपक काफ्लेले जवाफ पठाएका हुन्। राष्ट्रपतिको जवाफमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै लिखित सिफारिस र सम्मतिका आधारमा सुशीला कार्कीको सरकार गठन भएको उल्लेख छ।
नेपालको संविधानले राष्ट्रपतिलाई दिएको संवैधानिक प्रतिबन्धात्मक व्यवस्था बमोजिम ६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन गर्ने गरी कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको जवाफमा उल्लेख छ।







