
काठमाडौँ। दलित समुदायको अधिकारका लागि अभियान सञ्चालन गर्दै आएका खगेन्द्र सुनारले हाम्रो पार्टी नेपाल घोषणा गरेका छन्।
बिहीबार काठमाडौँमा विशेष समारोहका बीच सुनारले पार्टी घोषणा गरेका हुन्। उनको दलको चुनाव चिन्ह गोलाकारभित्र लाइक चिन्ह रहेको छ। सो पार्टीको सभापति सुनार आफैँ छन् ।
सुनारले चुनावलाई लक्षित गरी देशभरि संगठन विस्तारको काम अघि बढाइएको बताए।







