
काठमाडौँ। सडक डिभिजन हेटौँडाले शनिबार बिहानैबाट बुद्धचोक क्षेत्रमा सडक विस्तारका लागि घर र संरचना भत्काउन सुरु गरेको छ।
२०३४ सालदेखि नै हेटौँडामा सडक विस्तारको प्रयास भए पनि रोकिँदै आएको थियो । हेटौँडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकबाट सामरी पुलसम्म सडक विस्तार शुरु भएको हो । २५ मिटर क्षेत्रमा परेका घर टहरा हटाउँदै हेटौँडामा राजमार्गको आवागमनसमेत वैकल्पिक व्यवस्था गरिएको छ ।
सडक डिभिजनले ५ मङ्सिरमा १५ दिने अल्टिमेटम जारी गरी २५ गजभित्रका संरचना हटाउन आदेश दिएसंगै सोको म्याद सकिए पछि आज बिहानैबाट घर संरचना भत्काउन थालिएको हो ।
सुरक्षाकर्मीहरू बाक्लो रूपमा परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौँडाले शनिवार बिहानबाट रेखाङ्कनभित्र परेका संरचना भत्काउन थालेको हो ।







