काठमाडाै । असल बानीहरू। यो सानो कुरा लाग्‍न सक्छ तर मानिसको जीवनमा ठूलो प्रभाव पार्छ।

खासगरी, अरूको कुरा सुन्‍ने बानी जीवनका लागि निकै महत्त्वपूर्ण हुन्छ। सुन्‍ने बानीमा ध्यान, समझ र प्रतिक्रिया दिन हतार हुँदैन। यो कुनै गाह्रो सीप होइन। तर, एउटा साधारण बानी हो, जसले तपाईंको सम्बन्धलाई बलियो बनाउन सक्छ, तनाव कम गर्न सक्छ र तपाईंलाई राम्रो व्यक्ति बनाउन सक्छ।

राम्रो लिसनर्सका खुबी

– उनीहरूले अरूको कुरा सुन्‍ने मात्र नभई बुझ्छन् र महशुस पनि गर्छन्।

– कुरा सुनेर अनि सोचेर, बुझेर सन्तुलित प्रतिक्रिया दिन्छन्।

– उनीहरूमा सहनशीलता हुन्छ। सामुन्‍नेको मानिसका कुरा बीचमा अवरोध नगरी सुन्छन् र भरोसा पनि गर्छन्।

– ध्यानपूर्वक कुरा सुन्छन्। र, सही फैसला लिन्छन्।

कसरी बन्‍ने राम्रो लिसनर्स ?

– भलै तपाईंलाई जवाफ थाहा होस्, अरूको कुरा पूरै सुन्‍नुहोस् र अन्तिममा मात्र प्रतिक्रिया दिनुहोस्।

– आई कन्ट्याक्ट गर्नूस्। त्यसो गर्दा अगाडिको व्यक्तिप्रति भरोसा हुन्छ।

– फोनलाई टाढा राख्‍नूस्। फोन चलाउँदै कुरा सुनिरहनुभएको छ भने इग्‍नोर गरिरहेको अर्थ लाग्छ।

– कुनै कुरा पूरा भएजस्तो लाग्छ भने थप जिज्ञासा राख्‍नुहोस्।

– आफूले नबुझेको विषयमा फेरि सोध्नुहोस्।

सुन्‍ने बानीका फाइदा

– सम्बन्धमा भरोसा र गहिराइ बढ्छ।

– टकरावको अवस्थामा पनि समझदारी कायम हुन सक्छ।

– तपाईं ज्यादा सिक्नु हुन्छ र कम बोल्नु हुन्छ।

– तपाईं रियाक्टिभ देखिनु हुन्‍न र आत्मविश्‍वास बढ्छ।

– व्यावसायिक जीवनमा टिमवर्क र नेतृत्व विकासमा मद्दत पुग्छ।

तपाईको प्रतिक्रिया