काठमाडौं, गृहमन्त्रालयले भाद्र २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा शहीद भएकाहरुको नाम जिल्ला प्रशासन कार्यलयमा राख्न पत्राचार गरेको छ । आन्दोलनमा शहिदहरुको सूचीमा ४५ जनाको रहेको छ ।

गृह मन्त्रालयले एक सूचना जारी गर्दै सबै जिल्ला प्रशासन कार्यालयहरुलाई सर्कुलर गरेको हो । शहीदहरुलाई जेनजी सुशासन योद्धा भन्दै प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा तीन दिनभित्र राख्नु पर्ने पत्रमा भनिएको छ ।

गृहमन्त्रीस्तरीय निर्णयबाट आइतबार उक्त निर्णय भएको थियो । निर्णय अनुरुपको पत्र सोमबार सबै जिल्ला प्रसाशन कार्यालयमा पुगेको छ ।

तपाईको प्रतिक्रिया