काठमाडौं । सोमबार बसेको मन्त्री परिषद बैठकले १८ वटा निर्णय गरेको छ । सुचना तथा सञ्चार मन्त्री जगदीश खरेलले आज बैठकको निर्णय सार्वजानिक गरेका छन् ।

चैत १५ गते राजावादी आन्दोलनको क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई शहीद घोषणा गरिएको छ । त्यस्तै यातायात क्षेत्रबारे सर्वोच्च अदालतका आदेशहरू कार्यान्वयन गर्न दिपक सुवेदीको नेतृत्वमा शरद अधिकारी र योगेन्द्रनाथ कर्माचार्य सदस्य रहेको जाँचबुझ आयोग गठन गरिएको छ ।

अख्तियारका प्रवक्तासमेत रहेका सहसचिव राजेन्द्रकुमार पौडेललाई बढुवा गरी कोशी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएको छ ।

तपाईको प्रतिक्रिया