काठमाडौँ, जेनजी प्रदर्शनका क्रममा शहिद भएकाहरुको सम्झनामा आज साँझ दीप प्रज्वलन गरिएको छ ।

दीप प्रज्वलन कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनमा शहिद भएका योद्धाहरुका अधुरो सपना पुरा गर्ने र भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नु सरकारको प्रमुख कार्यभार रहेको बताएका छन् ।

गृहमन्त्री अर्यालले जेनजी आन्दोलनमा दमन गर्नेहरुमाथि कारवाही गर्न दृढतापूर्वक सरकार अघि बढ्ने साथै दोषिलाई अन्तर्राष्ट्रिय रुपमा घेराबन्दी गर्ने बताए।

उनले सरकारले गठन गरेको जाँचबुझ आयोगका साथै मानवअधिकार आयोगले कारबाही सिफारिस गर्ने व्यक्तिलाई समेत कारबाही हुने स्पष्ट पारे।

जनेजी आन्दोलनपछि बनेको सरकार भ्रष्टाचार विरुद्ध निर्मम भएर अघि बढेको भन्दै अख्तियारले ठूला अनियमिता प्रकरणमा मुद्दा दर्ता गरेको जिकिर गरे। पर्दा पछाडी बसेर राज्य र नेताहरुलाई समेत नचाउने तत्वहरु पहिचान भइसकेको मन्त्री अर्याल बताउछन्

मन्त्री अर्यालका अनुसार सरकारले सहिद तथा घाइते परिवारलाई राज्यले सकेको सुविधा र सहजता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उहाँले कार्यक्रममा सहभागी सहिद परिवारका सदस्यसँग कुराकानी गर्दै उहाँहरूका गुनासा र चासोबारे जानकारी समेत लिएका छन् ।

मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि सहिदहरुको सम्झनामा सहिद परिवार, घाइते परिवारलगायत युवाहरुले दीप प्रज्वलन गरेका थिए। दीप प्रज्वलनमा गृहमन्त्री ओमप्रकाश अर्याल संगै ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङ र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तासमेतको सहभागीता रहेको थियो।

तपाईको प्रतिक्रिया