काठमाडौँराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जेनजी आन्दोलनको दुईदिन नबित्दै मुलुकमा फेरि अर्को प्रतिगमन भएको बताएका छन्।

राप्रपा द्धारा आयोजित जन प्रदर्शन र सभालाई सम्बोधन गर्दै लिङ्देनले जेनजी आन्दोलनको म्याण्डेट विपरित गएर पुरानै व्यवस्था र प्रणालीमा निर्वाचनको मिति तोकेर आन्दोलनको दुई दिन नबित्दै मुलुकमा फेरि अर्को प्रतिगमन भएको बताएका छन्।

नयाँ निर्वाचन प्रणाली र शासकीय प्रणालीका साथै संवैधानिक अंगको नियुक्ति प्रक्रियालगायत जेनजी आन्दोलनका मागलाई सम्बोधन नगरेसम्म व्यक्ति परिवर्तन भए पनि मुलुकलाई अघि बढाउन नसकिने उनको भनाई छ । अध्यक्ष लिङ्देनले अहिलेको व्यवस्थाअन्तर्गत निर्वाचन गराउनु भनेको समस्याको समधान नभएको जिकिर गरे।

राजा, राजनीतिक दल र जेनजी पुस्तासहितको सर्वपक्षीय सम्मेलन आयोजना गर्न आग्रह गर्दै मुलुकलाई अहिलेको अवस्थाबाट निकास दिन सकिने बताएका छन् ।

उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र अभिभावकीय संस्थाको रुपमा राजा रहने व्यवस्था गरेर जानुको विकल्प नरहेको बताए। सबैकुरा मिलाएर जानसके पाँच वर्षभित्र देशमा आमूल परिवर्तन हुने उनले बताए।

तपाईको प्रतिक्रिया