भोजपुर। नेपाली कांग्रेस भोजपुरले प्रतिनिधि सभा निर्वाचनका लागि ६ जना उम्मेदवार सिफारिस गरेको छ।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बालकृष्ण थापा, माया राई, उमेशजंग रायमाझी, बाबुराम बस्नेत, नारायण बहादुर राउत र दिनेश कार्कीको नाम सिफारिस भएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति भोजपुरका सभापति विनोद बान्तावाले जानकारी दिए।

त्यस्तै, राष्ट्रिय सभा पदका उम्मेदवारका लागि उत्तम चापागाई, रोहित विश्वकर्मा र निरकुमार विश्वकर्मा सिफारिस भएका छन्।

यससँगै प्रतिनिधि सभा समानुपातिकतर्फ ८ जनाको नाम पनि सिफारिस गरिएको छ। सिफारिस सूचीमा नन्दमणी राई, नारायण बहादुर कार्की, विरबल राई, धर्मराज राई, शिशिरा राई, निर्मला खड्का, कृष्ण बहादुर खड्का र गणेश राई रहेका छन्।

तपाईको प्रतिक्रिया