
उदयपुर। उदयपुर क्षेत्र नं. १ बाट प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसबाट प्रत्यक्षतर्फ युवा नेता लक्ष्मी परियारको नाम सिफारिस भएको छ।
लामो समयदेखि सामाजिक आन्दोलनसँगै राजनीतिमा सक्रिय परियार हाल कांग्रेस केन्द्रीय सदस्य तथा दलित समन्वय विभागकी प्रमुख छिन्। जिल्ला कार्यसमितिको बिहीबार बसेको बैठकले क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ परियारसहित ३ जनाको नाम सिफारिस गरेको हो। यहाँबाट यसअघि निर्वाचित डा. नारायण खड्का पुन: सिफारिस भएका छन् भने पूर्व जिल्ला सभापति विदुर बस्नेतको नाम पनि सिफारिस भएको छ।
०५६ सालदेखि यहाँ निरन्तर चुनाव लड्दै आएका खड्कालाई अब विश्राम लिन दबाब छ। खड्का र परियार दुवै कांग्रेस सभापति शेरबहादुर देउवानिकट नेता हुन्। परियार पनि यसअघि समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य भइसकेकी नेता हुन्। जेन-जी आन्दोलनपछिको बद्लिँदो परिस्थिति र महिलालाई प्रत्यक्षतर्फ पनि ३३ प्रतिशत सिटमा उम्मेदवार बनाउनुपर्ने दबाब आइरहेका बेला उयदपुर-१ मा परियारले आफूलाई सशक्त दाबेदारका रुपमा उभ्याएकी छन्।
महिला, त्यसमाथि पनि दलित समुदायबाट भएका कारण प्रत्यक्षतर्फ उम्मेदवारीका लागि परियारले उठाएका पाइला निकै चुनौतीपूर्ण अवश्य छन्। तर पार्टीले अवसर दिए आफूले सम्पूर्णरुपले प्रयत्न गर्ने उनको भनाइ छ।
जिल्ला कार्यसमितिको बैठकले क्षेत्रीय समितिबाट आएको सिफारिसका आधारमा प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारका लागि १९ जनाको नाम सिफारिस गरिएको जिल्ला सभापति हिमाल कार्कीले जानकारी दिए।
उदयपुर-२ बाट प्रत्यक्षतर्फ सञ्जिव थापा, कृष्णकुमार श्रेष्ठ र सरस्वती ढुंगानाको नाम सिफारिस गरिएको छ। प्रतिनिधिसभा समानुपातिकतर्फ नारायणबहादुर कार्की, सत्यनारायण चौधरी, सीता राई र रामकुमारी शाहको नाम सिफारिस भएको जिल्ला सभापति कार्कीले जानकारी दिए।
त्यस्तै, राष्ट्रियसभातर्फ हेरम्बबहादुर थापा, अर्जुनकुमार खड्का, प्रमिला राई, भोजराज खतिवडा, गोविन्द चाम्लिङ, सुमन परियार, जन्मजय राई, हिरामान मोते र संजा दनुवारको नाम सिफारिस भएको छ।
यता समानुपातिक तर्फ नारायण बहादुर कार्की, सत्यनारायण चौधरी, सिता राई र रामकुमारी साहको नाम सिफारिस गरिएको नेपाली कांग्रेस उदयपुरका पार्टी सभापती हिमाल कार्कीले जानकारी दिनु भयो । यता राष्ट्रिय सभा तर्फ हेरम्ब बहादुर थापा, अर्जुनकुमार खड्का, प्रमिला राई, भोजराज खतिवडा, गोविन्द चाम्लीङ, सुमन परियार, जनमजय राई, हिरामान मोते र संजा दनुवारको नाम सिफारिस गरिएको छ ।







