
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दैछिन् । शुक्रबार चार जना मन्त्री थपेर चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् ।
शीतल निवास स्रोतका अनुसार श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामलाई मन्त्री बनाइँदैछ ।
श्रद्धा श्रेष्ठलाई महिला तथा बालबालिका, माधव चौलागाईंलाई वन मन्त्रालय, राजेन्द्र सिंह भण्डारीलाई श्रम र कुमार इङ्नामलाई भूमि मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । नयाँ मन्त्रीको शपथ आजै दिउँसो ३ बजे हुनेछ ।
यसअघि मन्त्रिपरिषद् १० सदस्यीय थियो । पछिल्लो पटक ९ कात्तिकमा तेस्रोपटक मन्त्रिपरिषद् पुनर्गठन गरेर १० सदस्य पुर्याइएको थियो । त्यसबेला डा. सुधा शर्मालाई स्वास्थ्य तथा जनसंख्या र बब्लु गुप्तालाई युवा तथा खेलकुदमन्त्री नियुक्त भएका थिए ।
चौथोपटक विस्तार भएपछि मन्त्रीपरिषद १४ सदस्यीयको हुने भएको छ ।







