काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन सम्पन्न भए लगतै समितिले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलाएको छ ।

नेकपा एमालेका नवनिर्वाचित सचिव डा.राजन भट्टराईका अनुसार शुक्रबार दिउँसो १ :०० बजे बैठक बोलाइएको जानकारी दिएका छन् । उनका अनुसार बैठक बबरमहल स्थित कार्की ब्याङ्केटमा बस्नेछ ।

आज सम्पन्न नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३०१ नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।

तपाईको प्रतिक्रिया