काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले शनिबार काठमाडौँमा एकता सन्देश सभा गर्दै छ । आज भृकुटीमण्डपमा हुन लागेको सभामा ५० हजार सहभागीता रहने जनाएको छ ।

यो एकता सन्देश सभा बागमती प्रदेश,विशेष प्रदेश र सम्पर्क प्रदेशको संयुक्त आयोजनामा सभा हुन लागेको हो ।

नेपाली कम्युनिस्ट पार्टीका एक नेताका अनुसार शनिबार बिहान ११:३० बजे सुन्धारा, नयाँ सडक चोक र शान्ति बाटिकामा सहभागीले दिउँसो सवा १२ बजेबाट जुलुस प्रदर्शन गर्दै भृकुटीमण्डप पुग्ने जनकारी दिएका छन् ।

पार्टीका शीर्ष नेताहरू जुलुसमा सहभागी नभई सिधै सभा स्थलमा प्रवेश गर्ने बताइएको छ । सभाको संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाल, नेता झलनाथ खनाल, वामदेव गौतम, भीम रावल लगायत नेताहरूले सम्बोधन गर्ने तालिका रहेको छ ।

कात्तिक १९ गते तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत १२ वटा वामपन्थी घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि सबै प्रदेशमा मंसिर १२ गतेदेखि एकताको सन्देश सभा गर्दै आएको हो । मंसिर २३ गते हेटौँडाका लागि तय भएको सभा हेटौँडामा घर टहरा विस्तारको चरण रहेकाले त्यहाँ नभइ पछि काठमाडौँमा हनु लागेको हो ।

तपाईको प्रतिक्रिया