काठमाडौँ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सुरकुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । महाशाखाका अनुसार आज राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

तपाईको प्रतिक्रिया