
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज चितवनमा आयोजित पार्टीको कार्यक्रममा सहभागी हुने भएका छन् ।
उनी चितवनको भरतपुर महानगरापालिकामा स्थित चौबिसकोटीमा आयोजना हुने पार्टीको कार्यक्रममा सहभागी हुने लागेका हुन्।
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार सभापति लामिछानेले बिहान ११ बजे आयोजना हुने कार्यक्रमलाई विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन्।
उनले सभापति लामिछाने दिउँसो काठमाडौं फर्किएर जेन-जी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूलाई भेट्ने कार्यक्रम रहेको पनि बताएका छन्।
प्रवक्ता झाले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘भोलि दिउँसो ३ बजे, सभापति रवि लामिछानेज्यूलाई पार्टी केन्द्रीय कार्यालय, बनस्थली स्थित घण्टी घरमा स्वागत गर्ने कार्यक्रम रहेको छ ।’
सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका लामिछाने शुक्रबार बिगो रकम बुझाएर शर्तसहित रिहा भएका हुन्।उनलाई उच्च अदालत बुटवलका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले थुनामुक्त गर्न आदेश दिएको थियो ।
रास्वपाका प्रवक्ता झा लेख्छन्ः








