
काठमाडौँ । उज्यालो नेपाल पार्टीको पहिलो चितवन जिल्ला भेला आज हुने भएको छ । यो भेलालाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्न उर्जा तथा जलस्रोत, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङ शुक्रबार नै चितवन आइसकेका छन् ।
चितवन भरतपुरको केन्द्रीय बसटर्मिनल नजिकै रहेको एक होटलमा आयोजना गरिएको पहिलो जिल्ला भेलालाई केन्द्रीय सदस्यहरु सिता पाण्डे, रिमा विश्वकर्मा र बागमती प्रदेश संयोजक प्रविन तामाङले पन सम्बोधन गर्ने तालिका रहेको छ ।
उक्त पार्टीका चितवन जिल्लाका अगुवा भविश्वर चापागाईंका अनुसार जिल्लाका विभिन्न क्षेत्रबाट पार्टीको कार्यक्रममा सहभागीहरुको उपस्थिति रहने छ ।
उनका अनुसार भेलाले तर्दथ समिति गठन गर्ने र त्यसपछि मात्रै जिल्ला समितिको औपचारिक रुप पाउने बताए । उनले जिल्लाका भरतपुर महानगरपालिका सहित ७ वटा पालिकामा पार्टी कमिटीहरु गठन गर्ने जानकारी दिएका छन् ।







