विराटनगर । मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजको पाँचौं तलाबाट हामफालेका ‘इन्टर्न डाक्टर’को मृत्यु भएको छ।

नोबेल मेडिकल कलेजमा कार्यरत सप्तरी निवासी इन्टर्न डाक्टर अमित यादवले आइतबार बिहान अस्पतालको पाँचौं तलाबाट हामफालेका थिए।

प्रहरीले प्रारम्भिक अनुसन्धानबाट यादवले अस्पतालको पाँचौं तलाबाट हाम फालेर आत्महत्या गरेको जनाएको छ। यादव अस्पतालको मेन गेट अगाडि गम्भीर घाइते अवस्थामा भेटिएका थिए।

टाउकोमा गम्भीर चोट लागेका यादवलाई तत्कालै आकस्मिक कक्षमा लगिएको थियो। आकस्मिक कक्षमा उनको उपचारका क्रममा मृत्यु भएको थियो।

यादव सप्तरीको राजविराज नगरपालिका वडा नम्बर–९ निवासी रेहका प्रहरीले जनाएको छ। उनले मानसिक समस्याको औषधि समेत खाँदै आएको बताइएको छ।

अस्पताल प्रशासनले घटनाका बिषयमा बुझ्ने काम भइरहेको जनाएको छ। प्रहरीले घटनाका बारेमा थप अनुसन्धान भइरहेको पनि बताएको छ ।

तपाईको प्रतिक्रिया