काठमाडौँ । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।

शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायुलको रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता चक्रराज जोशीले बताए ।

उनका अनुसार हायुल ललितपुरमा तरकारी फार्म हाउस चलाउँदै आएका थिए । पछिल्लो समय उनी बुल्गेरिया जाने तयारीमा थिए । विदेश जाने तयारीमा रहेका हायुले रोल्पाका दीपक थापा मगरलाई उक्त फार्म बेचेको समेत खुलेको छ ।

सोही क्रममा हायु २ पुसमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित शेरफाँटमा रहेको एक इनारमा मृत अवस्थामा भेटिएका थिए ।

इनारमा बोरा तैरिएको अवस्थामा निकालेर हेर्दा हायुको शव फेला परेको हो । २४ मंसिरदेखि हराएको भन्दै परिवारले प्रहरीमा जानकारी गराएका थिए । प्रहरीले हायुको हत्या भएको निष्कर्ष निकालेको छ ।

हत्या आरोपमा एक जनालाई पक्राउ समेत गरिएको एसपी जोशीले बताए । थप अनुसन्धानका काम बाँकी नै रहेको भन्दै प्रहरीले पक्राउ परेका व्यक्तिको विवरण खुलाएको छैन ।

अनुसन्धाका अनुसार टाउकामा प्रहार गरेर हत्या गरेको जस्तो देखिएको छ ।

शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको  छ । उनको खुट्टा, मुख टेपले बाँधिएको अवस्थामा भेटिएको छ ।

तपाईको प्रतिक्रिया