काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जेनजीले गरेको विद्रोहलाई क्रान्तिमा परिवर्तन गर्न बाँकी रहेको बताएका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित स्वागत कार्यक्रममा उनले जेनजीले गरेको विद्रोहलाई क्रान्तिमा परिवर्तन गर्न बाँकी रहेको भन्दै अहिलेको नेतृत्व र पुस्ताले भत्किएका जलेका संरचनाहरु बनाउने मात्र होइन बदल्ने पनि काम गर्ने बताए।

जेनजीले गरेको अभियान र त्यागलाई क्रान्तिमा बदल्नको लागि दत्तचित्त भएर लाग्ने पनि उनको प्रतिबद्धता छ।

‘जेनजीले गरेको विद्रोहलाई क्रान्तिमा परिवर्तन गर्न बाँकी छ। जलेको सिंहदरबार त बनाउला तर सिंहदरबार बनाएर मात्र हुदैँन् । सिंहदरबार बदल्न बाँकी छ र त्यो क्रान्तिबाट मात्र सम्भव छ। हामीलाई विश्वास छ, हाम्रो नेतृत्व र पुस्ताले भत्किएका जलेका संरचनाहरु बनाउने मात्र होइन बदल्ने पनि काम गर्ने छ, अर्थात जेनजीले गरेको अभियान र त्यागलाई क्रान्तिमा बदल्नको लागि दत्तचित्त भएर लाग्नेछौं,’ रविले भने।

यस्तै, उनले यात्राको क्रममा आफ्नै कारण वा जुनसुकै कारणले पनि छुटिएर गएका साथीहरुलाई शुभकामना व्यक्त गर्दै उनीहरुले धेरै गुण लगाएर गएको बताए।

‘यात्राका क्रममा हामीले सबैलाई समेट्न सकेनौ होला। तर उहाँहरुले हाम्रो पार्टीमा दिनु भएको योगदानको सँधै स्मरण गरिरहने छु। उहाँहरुलाई धन्यवाद दिइरहनेछु। हामीले धेरै केही गर्न सकेनौ तर उहाँहरूले धेरै गरेर जानुभएको छ सिकाएर जानुभएको छ। हामीलाई धेरै उपलब्धीहरुमा साथ दिनुभएको छ,’ उनले भने, ‘केही गर्न नसके पनि उहाँहरूले दिनु भएको योगदान त हाम्रो मनमा छ। यात्राको क्रममा आफ्नै कारण वा जुनसुकै कारणले पनि छुटिएर जानु भएकाहरुलाई पनि म शुभकामना व्यक्त गर्न चाहन्छु। धेरै गुण लगाएर जानु भएको छ, ऋणि रहनेछु।’

उनले आफूसँग एक मुठ्ठी सास र सत्यको साहस मात्रै बाँकी रहेको भन्दै सत्यको सँधै विजय हुने बताए। सत्य अहिलेसम्म नहारेरको अब नहार्नेमा आफू विश्वस्त रहेको उनको भनाई छ।

‘मसँग बाँकी रहेको एक मुठ्ठी सास र सत्यको साहस मात्रै हो। अरु मसँग केही पनि बाँकी छैन। तर सत्यको साथ र साहस भयो भने बाँकी केही कुरा चाहिँदो रहेनछ,’ रविले भने।

उनले चौतर्फि हमलाको बीचमा पनि पार्टीलाई अगाडि बढाउनको लागि काम गरेका सबैलाई धन्यवाद पनि दिएका छन्।

तपाईको प्रतिक्रिया