
काठमाडौं । नेकपा एमालेले आगामी फागुन २१ गते निर्वाचनको आवश्यक गृहकार्य नगरेको भन्दै निर्वाचन हुन्छ भन्ने कुरामा आफूहरु विश्वस्त नरहेको बताएको छ।
सोमबार प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको निर्वाचन सम्बन्धि सर्वपक्षीय बैठकमा एमालेको तर्फबाट बोल्दै सचिव महेश बस्नेतले लोकतान्त्रिक पद्दतीलाई आत्मासाथ गरेर आएका दलहरु निर्वाचनको विपक्षमा कहिल्यै पनि नहुने भन्दै तर सरकारको तयारी हेर्दा चुनावी वातावरण नदेखिएको बताएका हुन्।
‘हामी लोकतान्त्रिक पद्दतीलाई आत्मासाथ गरेर आएका दलहरु निर्वाचनको विपक्षमा कहिल्यै पनि हुँदैनौं। सैद्धान्तिक रुपमा हामी निर्वाचनको पक्षमा छौं। आजको वातावरण र संसद पुनःस्थापनाको मागसहित यो सरकार असंवैधानिक हो भनेर सर्वोच्च अदालतमा रिट हालेको अवस्थामा २१ गते निर्वाचन हुँदैन भन्ने कुरा हो। धेरै होर्मवर्क गरेर मात्र निर्वाचनको तयारी गर्न सकिन्छ। यो कुरामा सरकारको ध्यान गएको छैन,’ उनले भने, ‘जेनजीसँग सम्झौता भएको छ तर कार्यान्वयनमा उहाँहरुको पनि आशंका छ। चुनाव २१ गते हुन्छ भन्ने कुरामा हामी विश्वस्त छैनौं।’
फागुन २१ मा चुनाव भएन र स¥यो भने संसद् पुनःस्थापना हुन्छ कि के हुन्छ, भनेर उनले प्रश्न समेत गरे।







