काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि तोकिएको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगको मंगलबार बसेको बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम ७ जन जिल्ला न्यायाधीशलाई यहिँ पुष १५ गतेबाट लागू हुनेगरी निर्वाचन अधिकृत नियुक्त भएका हुन् ।

नियुक्त भएका निर्वाचन अधिकृतले यहिँ पुष १६ गतेदेखि सम्बन्धित प्रदेशको निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको आयोगका सहसचिव एवम प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

जस अनुसार कोशी प्रदेशमा मोरग जिल्ला अदालतका न्यायाधीश भिष्मराज प्रसाई, मधेश प्रदेशमा धनुषा जिल्ला अदालतका न्यायाधीश शुभाषबाबु पुरी, बामगती प्रदेशमा मकवानपुर जिल्ला अदालतका न्यायाधीश गीता श्रेष्ठ, गण्डकी प्रदेशमा कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल वेल्वासे, लुम्बिन प्रदेशमा दांग जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डित, कर्णाली प्रदेशमा सुर्खेत जिल्ला अदालतका न्यायाधीश दीपक ढकाल र सुदूरपश्चिम प्रदेशमा कैलाली जिल्ला अदालतका न्यायाधीश भुवनसिंह थापा निर्वाचन अधिकृत नियुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया